रुङगटा एकदिन जेल नबसी थुनामुक्त

चितवन/के यस्तो पनि संभव छ ? जो ब्यक्ति आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भयो तर उ एकदिन जेल नबसी थुनामुक्त हुन सक्छ ? सक्दो रहेछ । ठुलाबडा र पैसावालहरुले चाहे भने गणतन्त्र हास कि जुनसुकै तन्त्र उनीहरु आफ्नो पैसा र पावरको बलमा कानुननलाई खल्तीमा राखी आफु अनुकुल चल्न सक्दो रहेछन् ।
हो त्यस्को ज्वलन्त उदाहरण कारागार(जेल) चलान भएका एक अति धनाढ्य ब्यक्ति एकदिनपनि जेल नबसी हिरासतमुक्त भएका छन् । हो, चितवनका चर्चित पोल्टी ब्यबसायी शंकर कंडेल आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागी जेल चलान भएका अति धनाढ्य व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेलमा बसेनन् ।
सबैं सेटिङ्ग मिलाएर मात्र घटना घटेको ३ महिनापछी अदालतमा आएका रुङ्गटा सेटिङ्ग बिग्रीएपछी सम्मानित चितवन जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको भएपनि अर्को सेटिङ्ग मिलाउन बिरामीको नाटक गर्दै भरतपुरका अस्पताल चाहर्दै बसे । उनलाई जेल पठाउनु पर्ने कानुन कार्यन्वयन गर्ने निकायका टाउकेहरुलाई मुखमा बुझो लगाई दिएर बिरामीको नाटक मञ्चन गर्दैं उन्मुक्ति साथ अस्पतालको महङ्गो क्याबिनमा बसीरहे ।
जिल्लाको सरकारी अस्पतालले रुङगटालाई कुनैपनि जटिल समस्या नरहेको जनाउदै कारागार पठाउन सहयोग गर्नेगरी डिस्चार्ज दिँदा समेत स्वास्थ्यको नाममा पसल खोलेर बसेको अर्को प्राइभेट अस्पतालमा बसिरहे । भरतपुरको चितवन मेडिकल कलेजमा बिरामीको नाटक गर्दै उच्च अदालत हेटौंडामा पुरापुर सेटिङ्ग मिलाएर अदालतबाट आफ्नो पक्षमा आदेश नआउन्जेल भिआईपि क्याबिनमै बसिरहे । उनको सुरक्षामा जिल्ला प्रहरीले आदा दर्जन प्रहरीलाई खटाईरह्यो । शुरुमा हत्कडी लगाईएका रुङगटालाई उनका सहयोगीहरुको चलखेलपछी खुल्ला रुपमा छाडीएको थियो । जब उच्च अदालतबाट धरौटीमा छोड्ने आदेश आयो तब उनी अस्पतालबाट पनि डिस्चार्ज भए ।
रुङ्गटालाई आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि एक दिन पनि जेल गएनन् । चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ ।
उच्च अदालतका न्यायाधिस राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले भदौ २१ गते रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । अदालतले थुनामुक्त गर्ने आदेश दिएको भएपनि २१ गते समयअभाव भएको, २२ गते बागमति प्रदेशमा सार्बजनिक बिदा परेको, २३ गते शनिबार भएकाले उनी २४ गते मात्र थुनामुक्त भएका थिए । स्मरण रहोस, अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।