अबैध गोरखनाथ धानको बिऊ बजारमा छ्यापछ्यापती, नवलपुरमा ब्यापक बितरण, प्रशासन बेखबर

चितवन/नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं सामान्य रिसर्चेवल धानको बिऊ सप्लाई गर्दै बजारमा कालोबजारी गरेको भनि गत २ बर्ष अघि मात्र नेपाल सरकारले आयात अनुमतिमा रोक लगाएको गोरखनाथ धानको बिउ नामको अंक फेरीएर केही भ्रष्ट कर्मचारीको सेटिगंमा नेपाल भित्र्याईएको खुल्नमा आएको छ ।
नक्कली काम गरेको भन्दै नेपाल सरकारले आयात सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बिउ ललितपुर पुलचोकस्थित हरिहर भवनमा रहेको नेपाल सरकारकै कृषिमन्त्रालय मातहतको विउविजन महाशाखा ९नार्क० एचक्युसिसीले केहीबर्ष अघि नै हटाएको भएपनि फेरी त्यहि कार्यरत केही भ्रष्ट हाकीमहरुको मिलेमतोमा गोरखनाथ ५१० को नामबाट नेपालका बजारमा बिक्रिको लागी ल्याईएको हो ।
नवलपुरका रजहर, दलदले, प्रगतिनगर र कावासोती लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा उक्त अबैध धानको बिउ छ्यापछ्यापती देखिएको छ तर जिल्ला प्रशासन कार्यालय, ज्ञानकेन्द्र र पालिकास्तरका अनुगमन समितीहरु बेखबर छन् ।
नाथ बायोजिन ईण्डीया लिमिटेड औंरङ्गबाद युपिद्धारा उत्पादित नाथ ५०५ नाम बदलिएर ५१० बनेर बजारमा ल्याईएको हो । ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला कृषिकार्यालयका भ्रष्ट्र कर्मचारीहरुको मिलेमतोमा यसअघि भित्रिरहेको उक्त धानको बिउ फेरी ल्याईएको हो । गैरकानुनी तथा अबैध ठहरिए सँगै नष्ट गरिएको त्यही नक्कली बिउलाई अहिले नयाँ नाम दिएर पुनः आयात गर्ने तयारी भईरहेको खुल्नमा आएको हो । कृषि बिज भण्डार र एग्रो ईन्टरनेशनल बिरगंजका सञ्चालकद्धय छोटेलाल कलवार र बंकालाल कलवारले महाशाखामा सेटिङ मिलाएर उक्त अबैध बिउको कारोबार गरीरहेको समेत बुझिन आएको छ ।
अत्ः नक्कली बिउको आयात र कारोबारमा सेटिङ्ग मिलाउन तल्लीनहरुलाई भ्रष्टचार र अनियमितता गरिरहेको आधारमा अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, संसदको सार्वजनिक हित समितिले कार्बाही गर्नुपर्दछ । यस्ता तत्वहरुलाई कार्बाही गराउन आम किसानको लागि काम गर्ने संघ संगठनहरु सचेत र सर्तक रहि राज्यका निकायहरुलाई झक्झकाउन लागि पर्नु पर्ने जरुरी भईसकेको छ ।