व्यवसायी पौडेललमाथि दुव्र्यवहार,दोषीलाई कारबाही गर्न माग

चितवन/नारायणगढका व्यवसायी तथा घरबहाल उपभोक्ता मञ्च चितवनका उपाध्यक्ष गणेशप्रसाद पौडेलमाथि भएको दुव्र्यवहारको मञ्चले विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
घरबहाल उपभोक्ता मञ्च चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिम्मी ट्रेड लिंक नारायणगढका प्रोपाइटरसमेत रहेका पौडेलमाथि भएको दुव्र्यवहारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जेठ १० गते अपरान्ह भरतपुर महानगरपालिका–९ बस्ने राहुलकुमार सिंहले व्यवसाय स्थलमा दुव्र्यवहार गरेको भन्दै दोषीलाई कारबाहीको माग गरिएको छ । मञ्चले आपसी सहमतिमा गरिएका लिखित र मौखिक कारोबारलाई कानुनी प्रक्रियामा नटुंग्याइ धम्की र आतंक मच्चाउने काम भएको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘ शान्ति, सुशासन र भयरहित वातावरणमा आफ्नो लगानीसहितको व्यवसाय सञ्चालन गर्न पाउने आम नागरिकको मौलिक अधिकारलाई कुण्ठित गराई व्यवसाय स्थलमा गरिएको ज्याजति सोबाट हुन सक्ने शारीरिक, मानसिक र आर्थिक क्षतिको पूर्ण जिम्मेवार सोही पक्ष, सोमा संलग्न रहने व्यहोरा पनि जानकारी गराउँछौं ।’

विज्ञप्तिमा पछिल्लो समयमा आर्थिक मन्दीका कारण आर्थिक र मानसिकरुपमा विक्षिप्त व्यवसायीहरुलाई थप आतंकित पार्ने यस्ता घटना घटेमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि मञ्चले दिएको छ ।