दमौलीमा चैत ११ मा रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स हुने

 तनहूँको दमौलीमा रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्टमा दोस्रो पिएस मिट र पेट्स सेट्स हुने भएको छ ।

यहीँ चैत ११ गते शनिबार जिल्लाको दमौलीमा उक्त कार्यक्रम गर्न लागेको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्वयम्भु भैसेपाटीले होस्ट गर्नेछन भने रोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को(होस्ट गर्ने छन ।

सो कार्यक्रममा देशभरका १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरु आउने कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए ।

संयोजक कार्कीका अनुसार देशभरबाट करिब ७ सय बढीको उक्त कार्यक्रममा उपस्थिति रहनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहूँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने समेत उक्त कार्यक्रमको उद्देश्य रहेकोे क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रममा करिब २० लाखको खर्च रहेकोे क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको कार्यक्रमका उपसंयोजक सुगतचन्द्र हड्खलेले जानकारी दिए ।