आज उच्च पहाडी र हिमाली भू-भागका हल्का हिमपात, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । अहिले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।