बैंक ब्याजदर बृद्धिका विरुद्ध उद्योगी व्यवसायी सडकमा

भरतपुर। चितवनका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । आज ९सोमबार० नारायणगढस्थित लायन्सचोकमा चर्को व्यादरको मारमा परेको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उनीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ भन्दै नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।

त्यस्तै आन्दोलनमा उत्रिएका व्यवसायीहरुले “७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्यो”, “ व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।” चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन व्यवसायीमैत्री हुनु पर्दछ, कर तिर्नेलाई सम्मान गर, व्याजदर नियन्त्रण गर, व्याजदर चर्को भो, गरिखान गार्हो भो भन्दै प्रदशन गरेका थिए ।

चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाए । “अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो उनले भने, “समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिनेछौँ ।”