नारायणी बिधामन्दिरका बिद्यार्थीको २२ बर्षपछि मित्र मिलन!

चितवन/नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय भरतपुर १४ शिवनगरमा अध्यनरत एसएलसी ब्याच २०५७÷०५८ को क्लासमेट मित्र– मिलन कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार भरतपुरको चौबीसकोठीस्थित ग्लोबल होटलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमले सुर्य बरालको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति चयन गरेका छन् । समितिको उपाध्यक्षमा हिमा पौडेल, सचिवमा गोबिन्द शर्मा, सह–सचिवमा सन्तोष आचार्य र कोषाध्यक्षमा बद्री केदार अधिकारी चयन भएका छन् ।
सदस्यहरुमा पुस्पा लामा, सुजना अधिकारी, सतिष पौडेल र दुर्गा तिमल्सिना र रुकु काफ्ले रहेका छन्। एक सदस्य भने पछि थप्ने जनाएको छ ।
यसैबिच सागर न्यौपाने संयोजक रहने गरि ७ सदस्यीय बिदेश बिभाग समेत गठन गरिएको छ। बिदेश बिभागको सदस्यहरुमा प्रकाश पाण्डे, निता पोख्रेल, निरोज श्रेष्ठ, सुमन पाण्डे, मिनराज थापा, बिश्वास थापा र राजु थापालाई चयन गरिएको छ।

बद्रीकेदार अधिकारीले संयोजन गरेको उक्त कार्यक्रम गोबिन्द शर्माले संचालन गरेका गर्नुभएको थियो । सङ्गै पढेर पनि २२ बर्ष पछि मात्र भेटघाट भएका उपस्थित साथीहरूले उक्त कार्यक्रममा आ–आफ्नो पारिवारिक परिचय सहित जिवनकालका अनुभवहरु आदानप्रदान गरेका थिए। कार्यक्रमको शुरुआतमै सहकर्मी स्वर्गीय साथीहरू गायत्री पौडेल, प्रकाश चापागाईं, कृष्णहरि पौडेल र शोभा दाहालसहित देशका ज्ञात अज्ञात शहीदहरु प्रती १ मिनेट मौनधारण गरेका थिए ।

कार्यक्रममा शतिस पौडेल, सागर न्यौपाने, राजु न्यौपाने, पुस्पा लामा, सबिता गुरुङ, नर बहादुर पौडेल, ईन्दु गुरुङ, शुष्मा सोडारी, रबिन्द्र लोहनी, बिमला कंडेल, बिमला अधिकारी, दिनेश पौडेल, दिनेश तिमल्सिना, दुर्गा तिमिल्सिना, रुकु काफ्ले, चन्दु गुरुङ, हिमा पौडेल, सुजना अधिकारी, दिपक दाहाल, रन्जु पौडेल, गौमाया गुरुङ, सन्तोष पौडेल, धर्मेन्द्र ढकाल, गणेश सुनार, बाबुराम शाखी र सुरेन्द्र ढकाल लगाएत अढाई दर्जन साथीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन लागिपर्ने सबै साथीहरू लगाएत कार्यक्रमलाई सफल बनाउन बिदेशबाट समेत सहयोग गर्ने प्रकाश पाण्डे लगाएतलाई अध्यक्ष सुर्य बरालले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष बरालले साथिहरू अब आत्मियता र स्थायित्व बिकासको लागि प्रत्येक बर्ष मित्र मिलन कार्यक्रमलाई निरन्तरता बताउनुभयो ।
एकता दिवसको दिन पारी गरिएको उक्त कार्यक्रम बहुआयामिक रहेको भन्दै अध्यक्ष बरालले यो अभियान अब शुरु भएको भन्दै निरन्तर सामाजिक एवं मानविय कार्यमा एकजुट भएर लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । साथै आगामी माघ १४ गते वृहत बनभोज कार्यक्रम राखिएको छ ।