धमाधम मर्ज हुँदै ठूला बैंक, २८ बाट घटेर अब जम्मा १८ वटा ।

मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीव्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्ने देखिएको हो । मर्ज हुनेक्रममा सोमबार मात्रै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु ९बीओके० गाभिएर एकीकृत कारोबार सुरु गर्दै छन् । यस्तै क्रम अन्य बैंकले यो साताभर जारी राख्ने भएका छन् ।

यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले अझै एक दुई दिन आफ्नो खातामा भएको पैसासमेत झिक्न पाउनेछैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।