झापा ३ मा राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

झापा/झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याउनुभयो ।

झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रो पटक विजयी हुनुभएको हो । विसं २०७४ को प्रतिनिधि सभा चुनावमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी हुनुभएको थियो ।

झापा क्षेत्र नं ३ मा १ लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार ६ सय ३७ मत खसेको थियो ।