धादिङ १ प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी

धादिङ/धादिङ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल निर्वाचित भएका छन् । एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मत अन्तरले पराजित गर्दै जमकट्टेल विजयी भएका हुन् ।
धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा खसेको कुल मत ३५,९०५ मा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेल १९ हजार ९०३ मत ल्याएका छन् भने एमालेका थपलियाले १२ हजार ४७८ मत प्राप्त गरेका हुन् । ।