माछा मार्ने क्रममा करेन्ट लागेर तनहुँमा बाबु–छोराको मृत्यु

तनहुँ/माछा मार्ने क्रममा करेन्ट लागेर तनहुँमा बाबु–छोराको मृत्यु भएको छ । आमा घाइते भएकी छिन् ।

शुक्लागण्डकी नगरपालिका–२ कोत्रेको गुहेखोलामा विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते हुनुभएको छ । प्रहरीका अनुसार चित्रबहादुर र उहाँको छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको हो । ब्याम्बोकी श्रीमती दिलमायाको यही अस्पतालमा उपचार भइरहेको छ