दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते

नवलपरासी/बस पल्टिएर आगलागी हुँदा नवलपरासी पूर्वको दाउन्‍नेमा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको हो।
घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन ल्याइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।