कमलदहमा डुबेर एक जनाको मृत्यु

रुकुम/कमलदहमा डुबेर रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार आज दिउँसो दहमा पौडी खेल्न गएका सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको कमलको फूल टिप्ने बेला डुबेर मृत्यु भएको हो ।

विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको डीएसपी डाँगीले बताउनु भयो ।