थप २२ जनामा कोरोना संक्रमण

काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ७५३ जनामा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही समयमा ९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।