सिरानचाेकका पालिका अध्यक्ष ज्ञानेन्द्रलाई मातृ शाेक

गाेरखा । गोरखा सिरानचोक गाउँपालिकाका नव-निर्बाचित पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई मात्रृ शोक परेको छ । गुरुङकी ७२ बर्षिया आमा तिर्थमाया गुरूङ उपचारकाे क्रममा काठमाडौंमा आज बिहान ४ बजे निधन भएकाे हाे । विगत् केही समयदेखी मुटुको समस्याका कारण काठमाण्डाै स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचाररत रहेकाे अवस्थामा निधन भएकाे परिवार स्राेतले जानकारी दिएकाे छ । 

          उनको उपचारकै क्रममा आज बिहान ४ बजे निधन भएको परिवार स्रोतले जनाएको छ । गुरुङको आजै दिउँसो ३ बजे स्वयम्भुमा अन्त्यष्टि गरिएकाे छ । मृतक गुरूङको दुई  छोरा र चार छोरीहरू रहेकाछन् । पालिका अध्यक्ष ज्ञानेन्द्र मृतक तिर्जथमाया जेठाे छाेरा हुन् ।