पथलैया-हेटौंडा-नारायणगढ सडक खण्ड विस्तार गर्ने घोषणा

काठमाण्ड/सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया हेटौंडा नारायणगढ सडक खण्ड विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको पथलैयादेखि मकवानपुरको हेटौंडा हुँदै चितवनको नारायणघाटसम्मको सडक खण्डलाई ४ ल्यानमा विस्तार गर्ने बताएका हुन् ।