चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

गोरखा/गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदजार विजयी भएको छन् । गाउँपालिकाको अध्यक्षमा निमा लामा १ हजार ६२४ मतसहित र उपाध्यक्षमा लक्ष्मी गुरुङ १ हजार ५६५ मतसहित निर्वाचित भएका हुन् ।

लामाका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका थिए भने उपाध्यक्षका उम्मेदवारगुरुङकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी मेतोक छोकी लामाले १ हजार ३०७ मत ल्याएकी थिए ।

सात वटा वडा रहेको उक्त गाउँपालिकामा पाँच वडा नेपाली कांग्रेस र दुई वडा माओवादीले जितेको हो । वडा नम्वर १, २, ४, ५, ७ मा कांग्रेस र ३ र ६ मा माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नम्वर ६ को अध्यक्षमा माओवादी केन्द्रका सरोज लामा सर्वसम्मत भएका थिए ।