नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्ता दोस्रो पटक निर्वाचित

परासी/नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई ८६ मतान्तरले हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी छन् । माओवदी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् । अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरिन् ।

कुल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० विजयी भएको छ ।