को हुन् माडी न.पा. मेयरका उमेद्धवार काफ्ले ?

के छन् योजना, किन जिताउने काफ्लेलाई ?

रुपलाल बिश्वकर्मा, दिवाकर भुषाल, ईस्वरी भट्टराई, बिस्णु तिवारी, लगायत कम्युनिस्ट पार्टि का नेताहरुबाट प्रभाबित क. ऋषि काफ्ले लाई २०४७ सालमा स्ब. दिबाकर भुषालले नेपाल कम्युनिस्ट पार्टिको सदस्यता प्रदान गर्नु भएको थियो । २२ बर्ष अघि माडिको मोहि सङ्घर्ष, जालि फटाहा घुषखोरि बिरोधि आम्दोलनकोनेतृत्व गर्नुभएका जुझारु युवा नेता क. ऋषि काफ्ले राजनैतिक, दर्शन अर्थशास्त्र मा रुचि राख्ने प्रखर निडर र एक क्रान्तिकारी राजनैतिक बैचारिक नेताको रुपमा परिचित नाम हो ।

२०२५ सालमा जन्मिएका काफ्ले २०४६ सालमा शिक्षक नियुक्त भएर २०६५ सालदेखि प्रधानाध्यापक थिए । २०४० सालमा क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका काफ्लेले २०४७ सालमा रूपलाल विश्वकर्मा नेतृत्वका सर्वहारा श्रमिक संगठनको सदस्यता लिएका थिए । २०४८ सालमा उनी एकता केन्द्रको सदस्य बने। २०५१ सालमा माडी इलाका कमिटी सदस्य भए, २०५८ सालमा सह सेक्रेटरी, २०६४ सालपछि आठ वर्षभन्दा बढी सेक्रेटरी भएर काम गरे । उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सचिवालय सदस्य, चितवन जिल्ला इन्चार्ज र केन्द्रीय अनुशासन समितिका सचिव छन्।

के छन काफ्लेका योजना
शैक्षिक पृष्ठभूमिका काफ्लेले आफू मेयरमा निर्वाचित भए माडीलाई “शैक्षिक हब” का रूपमा विकास गर्ने योजना रहेको बताएका छन् ।
‘माडीका विद्यालयहरूलाई स्मार्ट बनाउने र गरिब, सुकुम्बासीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाउने लक्ष्य छ,” काफ्लेले भने, ‘म माडीलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजनालाई निरन्तरता दिनेछु।”

उनले गरिब र विपन्नलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, अस्पतालको स्तरोन्नति गर्ने, सडक र विद्युत आधुनिकीकरण गर्ने, डिजिटल माडी बनाउने तथा सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिवद्धता जनाएका छन् । उनले चितवन राष्ट्रिय निकुञ्जलाई माडीको पर्यटनअनुकूल बनाउने, कृषिमा आधुनिकीकरण गर्दै पर्यटनसँग जोड्ने, माडीका उत्पादन बाहिर लैजान उचित प्रबन्ध गर्ने, एम्बुलेन्स सञ्चालन गर्न निकुञ्ज चौबिसै घन्टा खुला राख्ने योजना पनि अघि सारेका छन् ।

उनले चारैतिर जंगलले घेरिएको माडीभित्र जंगली जनावर नियन्त्रण गर्न दक्षिण बेल्टमा तारबारको ब्यवस्था मिलाउने, ठाडा खोलाको तटबन्ध अघि बढाउने, पुल निर्माण गर्ने तथा दलित र महिला माथिको उत्पीडन न्यूनीकरण गर्ने लगायतका योजना सुनाएका छन् । तत्कालीन नेकपा माओवादीसँग एकता भएपछि उनी जिल्ला सदस्य हुँदै माडी नगरपालिकाको सह–इन्चार्ज बने । गत निर्वाचनताका उनी माओवादी केन्द्रको माडी नगर अध्यक्ष थिए ।

बिशेष स्मरण ! प्रतिवद्धता
हाम्रो पार्टीको माओबादी केन्द्र माडीको तर्फबाट गठबंधनको साझा उम्मेदवारका रुपमा मैले हिजो माडी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने अबसर पाए । बिगत ३५ बर्ष देखि माडीको राजनैतिक आन्दोलनमा प्रत्यक्ष रुपमा नेतृत्वकै टिममा रहेर मैले काम गरिरहेको थिए ! ‘। सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेयता आजको दिन सम्म आईपुग्दा मैले यसलाई एउटा नयाँ जिम्मेवारीको रुपमा ग्रहण र महशुस गरेको छु ।

यो बिशेष अबसरमा म बर्गसंघर्षका नायक क. दिवाकर भुसाल, दश बर्षे जनयुद्धका बीर सहिदहरु क. केशब क्षेत्रि, क. बासु पौडेल, क. तीलक खाति, क. नीलाकण्ठ सुबेदी प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ! दिबंगत अग्रज सामाजिक अगुवाहरु रुपलाल बिश्वकर्मा, शिबभक्त श्रेष्ठ, शोभाखर काफ्ले, जगतराज पौडेल, आनन्द भुषाल, हरिबिलास पन्त, खडानन्द न्यौपाने, बालानन्द सुबेदी, नरबहादुर कार्की, गंगा बहादुर बिस्ट, देबिप्रसाद बस्याल, डासिँराम पाठक, लोकनाथ पाठक, क. बिष्णु तिवारी, क. तीर्थ कुमारी भुसाल, क. लिला आचार्य, क. भुवानिप्रसाद पौडेल, क. डिआर पौडेल, क. दामोदर बस्याल लगायतमा स्नेहपुवक श्रद्धा ब्यक्त गर्दछु ।

मेरो समकालिन राजनिति र अभियानका अगुवा र सहयोद्धाहरु क. ठाकुर ढकाल, तीर्थ भुसाल, सन्देश पौडेल, प्रेमराज तिमिल्सेना, नारदमणी पौडेल, पुर्णभद्र पनेरु, फणिन्द्र दवाडी, श्याम बिस्ट, रामकृष्ण चौधरी, रोहिणीबिलास पन्त, पदम क्षेत्री, शोभाखर चापागाई, कोमल भुषाल, सबिता बराल, खेमनारायण पोख्रेल, प्रमानन्द तिवारी, ओम पाण्डे, प्रभु महत्तो लगायतका सबैको स्मरण गर्न चाहन्छु । म यो समय राजनितिलाई समाजसेवाको शस्त्र बनाउन सिकाउने बर्गसंघर्षका सबै लडाईहरु, धोबाहको मोहि संघर्ष, ढुकुरबारी र छरछरेको सुकुम्बासी संघर्ष, बादरझुल्लाको बस्ति बसाउने संघर्ष, राष्ट्रियता, जनतन्त्र, जनजिबिका, लोकतन्त्र, गणतन्त्र र प्रतिगमन बिरोधि संघर्षहरुलाई फेरी एक पटक ताजा सम्झना गर्न चाहान्छु ! दलित, आदिबासी, महिला, किसान, बिपन्न, मधेसी, मुस्लिम र हेपिएका सबै सबै जाति लिगं र पेशा का जनताको न्यायको संघर्षमा हार्दिक ऐक्यबद्धता ब्यक्त गर्दछु ।

म एक शिक्षक पनि हुं । मलाई नयां पुस्ताका युवाहरु प्रति गहिरो भरोसा छ । अग्रजहरुका अनुभव र नया पुस्ताको जोश मेरो उम्मेदवारीको तागत हो । मेरो जिबन जनताको माया र जनसेवा बाहेक केहि होईन भन्ने मा सचेत छु । हरेक खाले अबसरबाद, हरेक खाले जनबिरोधि हर्कत र गरिखानेहरु प्रतिको अन्याय बिरु्द्धको संघर्षमा मैले आफ्नो जिवनको उज्यालो देख्ने कोशिस गरेको छु । मृत्यु अघि को पल पनि बसिखाने का बिरुद्ध गरिखानेहरुका पक्षमा लड्न बोल्न सके भने जिवन सार्थक हुन्छ भन्नेमा प्रतिबद्ध छु ! म जहिले पनि लाभका पदहरुलाई परिवारको घेरा र निश्चित स्वार्थ समुह भन्दा माथि अधिकतम जनसेवामा उपयोग गर्न चाहान्छु ।

भ्रष्टचारको अन्त्य, सुशासन, सामुहिकतामा निर्णय, नयाँ प्रयोगको हिक्मत मार्फत परिणामको खोजि र ईमानको राजनिति गरी ५ बर्ष पछी आगामी पुस्तालाई अर्को कार्यकाल हार्दिकतापूर्वक हस्तान्तरण गर्न सक्नुपर्छ भन्नेमा म ढृढ छु ! हामी माडीको परिचयलाई फेर्न चाहान्छौ । आफ्नो मौलिक समाजबादी कार्यक्रम लागु गरेर हामी माडीलाई समृद्ध, सम्मुन्नत र नयाँ माडी बनाउन चाहान्छौ । नयाँ माडीको यो सपनालाई साकार बनाउन हाम्रो पार्र्टीको तर्फबाट नगर प्रमुख पदमा मेरो उम्मेदवारी दर्ज गर्ने निर्णय भएको छ । यो पार्र्टी, जनता र माडीबासिले हाम्रो पार्टी र मलाई गरेको स्नेह, शुभेच्छा, प्रेम र बिश्वासका रुपमा बुझेको छु ।

यसका लागी म, श्रद्धेय पार्टी अध्यक्ष क. प्रचण्ड, बरिष्ठ नेता क. प्रकास, पार्टी केन्द्र, प्रदेश, जिल्ला र नगर एवं गठबन्धन प्रति आभारी छु ! साथै सहयोद्धा खेम महत्तोले नेपाली कांग्रेसकाबाट गठबन्धनमा उपमेयर पदमा संगै निर्वाचन लड्दै हुनुहुन्छ ! मैले, सहयोद्धा खेम जी र गठबन्धनले हाम्रै पालामा नयाँ माडी बनाउने यो महाअभियानमा हजुरहरु सबैको सहयोग, सुझाव र मार्गदर्शनको अपेक्षा राखेका छौ ।

म बाचा गर्दछु, म र हाम्रो पार्टी र गठबन्धन प्रतिको यो बिश्वासमा रत्तिभर आचं आउन दिनेछैन ! तपाई माडी बासी सबैले स्नेह, प्रेम, रचनात्मक आलोचना र सहयोगका साथ गोलाकार भित्रको हँसियाँ हथौडामा नगरप्रमुख पदमा मतदान को लागी बिनम्र अनुरोध गर्छु ! अभिवादन ! नमस्कार ! ! जय नेपाल ! ! ! लाल सलाम ! ! ! !