जनताले काम हेरी मलाई जिताउनेछन्ः रेणु दाहाल

चितवन/पाँच दलिय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर पदका उम्मेदवार रेनु दाहालले आफुलाई यसपटकको निर्वाचनमा जनताले जिताउने दाबी गरेकी छन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू जनताको बिचमा परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै रहेको भन्दै आफुले जित्ने दाबी गरेकी हुन् ।

‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं, उनले भनिन, भरतपुरवासीको ठूलो विश्वास जितेको छु । पाँच वर्ष परीक्षण भएर आइसकेको हुँदा जितका आधार प्रशस्तै छन् ।
उनले आफूहरु लोकतन्त्र र बिकासको लागी संर्घषरत रहेको भन्दै गठबन्धनको आधिकारिक उम्मेदवारलाई बिजय गराउन लागीपर्न अपिल गरेकी छन् ।