पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।