Breaking News

आजको मौसमः पहाडी भू–भाग हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू–भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

sahid diwas