देशभर थप ६७३४ जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
१४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ६ हजार ७ सय ३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।