पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण

काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।