आजदेखि अनलाइन प्रणालीबाट मात्रै श्रम स्वीकृति लिन सकिने

काठमाण्डौं/श्रम स्वीकृति आजदेखि अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिने श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो ।

श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएसमार्फत अनलाइनबाट मात्रै हुने कार्यालयले जनाएको छ ।