आजदेखि कोराना खोपको ‘बुस्टर डोज’ लगाइदैं

काठमाडौं/आजदेखि सरकारले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज खोप पहिलो पटक लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्क्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो।
माघको सुरुमा अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरूलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिनुभयो ।