रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्‍यु

काठमाडौं/रौतहटको गौर-चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

अन्य ३ जना घाइते भएका छन् । उनीहरुको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन ।