आन्दोलनमा प्रहरीको हस्तक्षेप बढेपछि बारले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाण्डौं/नेपाल बार एसोसिएसनले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । प्रधानन्यायाधीशरिुद्ध बारले गरेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै गृहमन्त्री खाँणको राजीनामा मागेको हो ।

एक महिनादेखि बारले प्रधान्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ । तर, बारको आन्दोलनमा पछिल्लो समय प्रहरीले हस्तक्षेप बढाएको छ । दैनिक जसो प्रहरीले वकिलहरुमाथि धरकपट गरिरहेको छ ।

प्रहरीको हस्तक्षेप बढेपछि आजदेखि नेपाल बारले प्रधान्यायाधीशसहित गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।