जागिरको खोजीमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

काठमाडौं/राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आज गोरखापत्रमा सार्वजनिक सूचना जारी ८ सय १४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन्

बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।

वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।अनलाइन आवेदन दिने मिति कात्तिक १५ देखि मंसिर ५ गतेसम्म तोकिएको छ । डवल दस्तुरमा कार्तिक १२ सम्मका आवेदन दिन सकिनेछ ।

इच्छुक व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा उल्लेखित निर्देशन अनुरूप अनलाइन आवेदन भर्न सक्नेछन् ।