प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनको चरणबद्ध आन्दोलन

काठमाडौं/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आजदेखि नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गर्दैछ। पदीय जिम्मेवारी वहन नगरेको भन्दै बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलन सुरु गरेको हो ।

प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्दैछ ।

गत शुक्रबार आन्दोलनको घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

बारको निर्णय अनुसार कार्तिक १४, १५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध गर्ने कार्यक्रम रहेको छ ।