सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै

काठमाण्डौं/सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै छ ।
सरकारले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले आज दिउँसो २ बजे भारतबाट खरिद गरिएको खोपको १० लाख मात्रा काठमाडौं आइपुग्ने बताउनुभयो । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइनेछ ।
सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । भारत सरकारले खोप निर्यातमा रोक लगाएपछि सरकारले खरिद गरेको खोप नेपाल आउन सकेको थिएन ।