चितवनको भागमा १ लाख १० हजार भेरोसेल खोप

चितवन/चितवनको भागमा १ लाख १० हजार कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसिल खोप परेको छ ।
चीनबाट खरिद गरी नेपाल ल्याइएको ४४ लाख डोज भेरोसिल खोपमध्ये चितवनको भागमा १ लाख १० हजार डोज परेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो।
खोप भोलिदेखि नै लगाउन सुरु गरिने उहाँले बताउनु भयो । असोज ५ गतेदेखि ८ गतेसम्म ३५ वर्षमाथिकालाई पहिलो डोजको खोप लगाइनेछ । यस्तै असोज १४ देखि १८ गतेसम्म दोस्रो डोज लगाउन बाँकी रहेकाहरुलाई लगाइने छ ।

जिल्लामा ६५ हजारलाई दोस्रो डोज लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख तिवारी जानकारी दिनुभयो। त्यसैले ३५ वर्ष माथिका उमेर समूहका लागि ४५ हजार डोजमात्र प्रयोग गरिने छ ।
सात वटा पालिकाबाट पहिलेकै खोप केन्द्रहरुमा खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख तिवारी जानकारी दिनुभयो।