पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५७ जना कोरोना मुक्त

काठमाण्डौ/पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ५७ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ ।

यस्तै २४ घण्टामा १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७४ हजार ६ सय २९ पुगेको छ ।

यस्तै यही अवधिमा थप आठ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि २२ हजार तीन सय जनामा झरेको छ ।