भदौ २३ गते संसद बैठक आह्वान गर्न सिफारिस

काठमाण्डौं / यही भदौ २३ गतेका लागि सरकारले सङ्घीय संसदको दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन नयाय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार सरकारले सदन चलाउने जिम्मेवारी अनुसार निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफूले बैठक चलाउने बारेमा छलफल गरेको उहाँको भनाइ छ । स्थानीय र प्रदेशमा पनि एमाले फुटाउने अभियान चलाइएको छ । २२ गते सम्म यसलाई जारी राखेर भोलि पल्ट संसद बोलाइएको छ ।