देशको अर्थ नीति कस्तो हुनुपर्छ ?

भबिलाल चापागाईं/पहिलो त देशको अर्थ ब्यबस्थालाई राम्रो संग अगाडि बढाउन अहिलेसम्म देशले अनुभवी अर्थ सचीव पाउन सकेन, त्यसैले नयाँ अर्थ मन्त्री र नयाँ अर्थ सचीव ज्युहरुले अबको अर्थ ब्यबस्थापनलाई यसरी लान जरुरी छ।

अर्को कुरा सहि अर्थ निति विश्लेषण गर्न नजान्ने अर्थ मन्त्री, अर्थ सचीव र वहाँहरुलाइ सहि सल्लाह र सुझाव नदिने ब्याक्तित्वले गर्दा पनि आज बिदेशी ऋण प्रतेक नेपालीहरुलाई ४२,३००/( बयालिस हजार, तीन सय रुपैया)ऋण तिर्नुपर्ने भएको छ।

हामीले बिदेशी लोन लिदा भोलि बिकाराल रुप लिन सक्छ, ऋण तिर्न सकिएन भने ऋण दिने बैकहरुलाई नै देश जिम्मेवारी लगाउनु पर्ने अबस्था आउन सक्छ !

पहिला आफ्नै देशमा भएका आयस्रोतहरुलाइ परिचालन गर्नुपर्दछ, जस्तै: आफ्नो देशमा के के चिजहरु छ्न त्यसलाई प्रमोट गर्ने, पर्यटन क्षेत्र,उद्योग कलकारखाना क्षेत्र, उत्पादन क्षेत्र, ग्रार्मेन्ट क्षेत्र,जडिबुटी क्षेत्र,हाइड्रो खानीक्षेत्र पहिचान गर्ने अनि सुधार गर्ने, स्टाबिलिस गर्ने राम्रो चिजहरु उत्पादन गरि नेपाल लगाएत अन्तर्राष्ट्रिय बजार पुराइ आम्दानी गर्ने, पर्यटन क्षेत्रमा आकर्षक चिजहरु बनाइ, सेवा,सुबिधा दिई बिदेशी पाउनालाइ देशमा भित्राइ डलर आम्दानी गर्न सकिन्छ भने नेपाल भएको ८४ हजार मेघावाट बिजुलीलाई उत्पादन गर्न बिदेशी लगानी कर्तालाई आवहान गरि बिश्व बजार इलेक्टि्सिटि बेच्न सकिन्छ, त्यसैले सरकारले राम्रो नीति ल्याएमा देशको अर्थतन्त्र नै अगाडि बढ्नेछ।

अन्य आयस्रोतमा नेपालमा भएका खानीहरु युरोनियम, सुनखानी,तामाखानी, फलाम खानी र पेट्रोल खानीलाई प्रशोधन गरि विभिन्न क्याटगोरीमा बनाइ १ नम्बर, २ नम्बर, ३ नम्बर गरि ब्रान्ड बनाइ अन्तर्राष्ट्रिय मार्केट मा बेच्न सकिन्छ,जसले गर्दा डलर भित्रीने छ। जसले देशको अर्थ ब्यबस्थालाई र नेपाली जनताको प्रतिब्याक्ती आयस्रोतलाई नै कायापलट गर्न सक्छ, यसमा चाहिने अनुभवी ब्याक्तित्वहरु भुगर्भबिज्ञ, इन्जिनियर, आर्कीटेक्चरहरुलाई बिदेशबाट झिकाइ काम दिन सकिन्छ, नेपाली इन्जिनियर ,भुगर्भ बिद र नेपाली युवा जगतलाई पनि रोजगार दिई राम्रो तलब दिए दक्ष युवा जगत नेपाल मै काम दिन सक्यौ भने नेपाल युवा शक्ति नेपालमा रित्तिदैनन! उनिहरु पनि खुशी भएर काम गर्ने छ्न भने देशले पनि बिकासमा फड्को मार्ने छ , नेपाल र नेपालीको अन्तर्राष्ट्रिय स्तरमा भ्यालु बढ्ने गै हाम्रो पासपोर्टको पनि इज्जत बढ्ने छ, हामीलाई पनि अन्तर्राष्ट्रिय रूपमा सबैले सम्मान गर्न थाल्ने छ्न, त्यसले नयाँ अर्थ मन्त्री र नयाँ अर्थ सचीव ज्युलाई यो ट्रायक जान विशेष आह्वान गर्दछौ।

अर्को महत्त्वपूर्ण आयस्रोतको रूपमा बिश्वका ठुला ठुला बहुराष्ट्रिय कम्पनीहरु, उद्योगहरु,ब्रान्डहरुलाई नेपालमा भित्राउने र विभिन्न परियोजना लगानी गर्न स्वागत गर्न सकिन्छ, उनिहरुका विभिन्न गाडीहरु जस्तै: Toyota, Hyundai, Mercedes benz अन्य गाडीहरुको एसेम्बल नेपाल मै खोली काम गर्न सकिन्छ,जसले गर्दा रोजगार बढन गै राजस्वमा वृद्धि गर्न सकिन्छ, खाली उर्जाशिल ब्याक्तित्वहरुमा इच्छाशक्ति भए पुग्छ, यो महत्त्वपूर्ण काम हो यसमा अर्थ मन्त्री ज्यु र अर्थ सचीव ज्यु को विशेष ध्यानाकर्षण होस भन्न चाह्न्छौ।

नेपालमा भएका घर पालुवा रक्सीहरुलाइ, गाजाहरुलाई पनि सरकारले आफै पनि अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड बनाउने र नेपाली जनतालाई पनि गर भनेर विभिन्न सेवा सुबिधा हौसला दिइ ब्रान्ड बनाइ अन्तर्राष्ट्रिय मार्केटमा बेच्न मिल्ने ब्रान्डको बनाउनुहोस भनेर सल्लाह र सुझाव दिएमा त्यसबाट पनि युवाहरु बिदेश पलायन हुन बाट रोकिने छन भने यसबाट पनि देशले नसोचिएको आम्दानी गर्न सक्छ ।

अब हामीले हाइड्रो देखि सानो सानो क्षेत्रमा देशलाई छिट्टै आम्दानी हुने क्षेत्रमा लगानी गरि युवा जगतलाई आफ्नै देशमा काम दिन जरुरी छ, उनीहरुको बिदेश जाने लक्ष्य केही प्रतिशतको बोइङ चड्नु पनि हो, जिवनमा एकचोटि बोइङ चढ्नु पर्छ भन्ने सबै नेपालीहरुको चाहना पनि रहेकोे हुन्छ ! उनिहरुलाई विभिन्न रक्सी ब्रान्ड,नेपाली गाजाको ब्रान्डको उद्योग धन्दा खोल्नुहोस र आफ्नो बजारलाई बिश्व बजारमा बेच्नुहोस भनेर लाइसेन्स दिने ब्यबस्थापन सरकारले गरिदिने हो भने उनिहरुको बोइङ चढ्ने इच्छा पनि पूरा हुने र देशले पनि डलर भित्राउने मा दुईमत छैन,

त्यसले बिश्वभरी छरिएर बस्नुहुने नेपालीहरुलाई इच्छा भएमा नेपाल आउन आवहान गर्दै, देश भित्रै काम नपाएर बस्नु भएका तमाम नेपाली दाजुभाइ,दिदिबहिनीहरुलाइ पनि देशलाई चाडो आम्दानी हुने र आफ्नो पनि जीवन स्तर उकास्न घर पालुवा रक्सी देखि गाजा खेती, चिया खेती,जडिबुटी खेतीहरु अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड बनाइ, लिगल रूपमा दर्ता गरि, कर तिरी, बैकको ऋण सुबिधा सरकारले उपलब्ध गराइ कम ब्याजमा ऋण दिएको खन्डामा अर्थ मन्त्री ज्यु र अर्थ सचीव ज्यु ले पनि जनताको तर्फबाट वहि वहि पाउनु हुनेछ भने देशले पनि अर्थ ब्यबस्थामा एशियन कन्ट्रीमा नयाँ परिचय दिनेमा दुईमत छैन।

यो सन्देश सरकार समक्ष पुराइदिन हुन पत्रकार बन्धुहरुलाई पनि आग्रह गर्दछु।
भरतपुर,चितवन,नेपाल ।