प्रचण्डको पहलमा कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्दै। घिसिङलाई तत्काल प्रमुख बनाउन प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाडौं/कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने तयारी भइरहेको छ।
उनलाई सत्ता गठबन्धनको सहयात्री पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको विशेष पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाललाई निर्देशन दिएका हुन ।
एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा उनी प्राधिकरण प्रमुखबाट हटाईएका थिए । ‘उज्यालो अभियान’का प्रणेता घिसिङको नियुक्तिबाट प्राधिकरणले थप फड्को मार्ने माग केही दिनयता सामाजिक सञ्जालमा ब्यापक मात्रामा भाइरल गरिँदै आएको थियो ।