चितवनमा बाढिकाे बितण्डा:लदरी खोलामा आएको बाढीले पुल भत्काउदा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध।

हिजो बुधबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले चितवनमा बितण्डा निम्त्याएको छ। बाढि संगै आएको पहिरोले जिल्लाका पहाडी क्षेत्रमा क्षति पुर्‍याउन थालेको छ। जिल्लाको पुर्बी क्षेत्रका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवन क्षेत्रमा जनजीवन प्रभावित बन्न थालेको छ।

पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। उक्त पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेकाे छ।

स्थानीयका अनुसार अहिले लदरी खोलो पूर्व-पश्चिम राजमार्ग हुदै खोला बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन्।

त्येस्तै, बुढी राप्ती खोलामा आएको बाढीले रत्ननगरको सौराहा लगएतका क्षेत्र प्रभावित बनेको छ। यो खोलोले रत्ननगर-८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। रत्ननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ।
त्येस्तै अधिक बर्षाको कारण भरतपुर महानगरपालिकाका विभिन्न वडाहरु जलमग्न भएका छन् ।
अविरल वर्षाका कारण गएरातिदेखि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध छ। उक्त सडकको आधा दर्जन बढी स्थानमा पहिरो खसेको कारण सडक समेत ठाँउ ठाउमा अबरुद्ध बनेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।