आज भरतपुर अस्पतालको सबै ओपीडी सेवा बन्द

 

जेठ १२ चितवन ।           आज भरतपुर अस्पतालको सबै ओपिडी  सेवा बन्द  भएको छ ।  बुद्धजयन्ती परेकोले अस्पतालको  सेवा बन्द भएको अस्पतालले जनाएको छ ।  भरतपुर अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले मंगलवार एक सूचना प्रकाशित अस्पताल बन्द रहने जानकारी दिनुभएको हो । सूचनामा ओपीडी बाहेकका अन्य सेवाहरु भने २४ सै घण्टा खुल्ला रहने  जनाइएको छ ।