चितवनमा जेठ २० गते सम्म निषेधाज्ञा थप 

चितवनमा जारी निषेधाज्ञा जेठ २० गते सम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले  कोरोना नियन्त्रण गर्न जिल्ला भर आउदो २० गते राति १२ बजे सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।  

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा बैशाख १६ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञाको जारी गरेको थियो।

जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेका छन्। ७ हजार ९३५ जना कोरोना सङ्क्रमणमुक्त भएकाछन्।

हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ।