चितवनका १३० सहित १९९ जनामा कोरोना पुष्टि

 

जेठ ०५ । चितवनका १३० सहित थप १९९ जनामा कोरोना पुष्टि भएको छ।चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका १३० जना सहित अन्य जिल्लाका ६९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।कलेजका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २० महिना देखी ८८ बर्ष उमेर समूका ११० जनामा कोरोना पुष्टी भएको हो ।यस्तै रत्ननगर नगरपालिकाका २४ देखि ६१ वर्ष उमेर समूका ५ जना, खैरहनिमा ७ महिना देखि ५८ वर्ष उमेर समूका ७ जना, कालिकामा २४ देखि ६७ वर्ष उमेर समूका ४ जना, राप्तीमा ३८ देखि ५८ वर्ष उमेर समूका २ जना र माडीमा ३० वर्ष उमेरका एक जनामा कोरोना देखिएको हो ।सोही प्रयोगशालामा अन्य जिल्लाका ६९ जनामा कोरोना देखिएको छ ।