एकाबिहानै ५‍.८ रेक्टर स्केलको भुकम्प, केन्द्रबिन्दु लमजुङ।

भरतपुर,५ जेठ/आज एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प आज बुधबार बिहानै गण्डकी प्रदेशको लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

लमजुङ जिल्लाको भुलभुले केन्द्रविन्दु भएर बिहान ५:४२ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

राजधानी काठमाडौँ उपत्यका, चितवन सहित गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्कीको पोखरा लगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ ।