चितवन सहित २० जिल्ला अति जोखिममा

जेठ ०४ ।  कोरोना भाइरस सङ्क्रमणबाट चितवन सहित २० जिल्ला अति जोखिममा छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन् । यी जिल्लाहरुमा सङ्क्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार नाघेको छ ।
देशभर ७ सय ८ क्वरेण्टीनमा छन् । १ हजार २ सय ५९ आईसीयू र ४ सय सङ्क्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश-२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्।