गृहमन्त्रीलाई खुल्ला पत्र : रास्ट्रीयता र जनजीबिकाको सवालमा आवाज उठाउदा किन लगाइयो माइला लामाको हातमा हत्कडी?

माननीय गृहमन्त्री ज्यु,
नमस्कार !!!!!!!
नेपाली जनता र सर्वहारा वर्गको पक्षमा निरन्तर खटिईरहेका तथा जनताको गीत गाउँदै आधारभुत वर्गलाई सचेत गराउँदै आएका सर्वहारावर्गका आदणीय नेता एवम् जनवादी गायक तथा नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई बिना कारण तपाईको ठाडो आदेशमा प्रहरी प्रशासले गिरफ्तार गर्नु अत्यन्तै दुखद र कायरतापूर्ण ब्यवहार हो भन्ने सबैलाई थाहा भईसकेको छ । नेपाली जनता र सामान्ती राज्यसत्ताको बिरुद्धमा वैज्ञानिक समाजवाद प्राप्त गर्ने उदेश्यसहित अगाडि बढेका नेतालाई षड्यन्त्रपूर्वक पक्राउ गरिनु तपाईको मातहतमा रहेको प्रहरी प्रशासनको मनोवैज्ञानिक र तपाईको राजनीतिक कारयरता नै हो ।

हिजो नेपाली समाजको आमुल परिवर्तनका लागि दश बर्षको लडाइँ लड्दा लड्दै र तपाईजस्ता कायर राजनीतिज्ञको ज्यान बचाउनका लागि आफ्नो भौतिक शरिरको वेवास्ता गरेर लडाईको मोर्चामा आफ्नो आधा शरीर रित्याएका तथा शारिरीक रुपले अपाङ्ग जस्तै भएका आदरणीय कमरेड माइला लामालाई तपाईको ठाडो आदेशमा पक्राउ पर्नु भनेको माक्र्सकै भनाईमा इतिहासको मजाक नै हो । कमरेड माईला लामा कुनै दिन तपाईका विश्वास पात्र थिए । तर आज आफुले आत्मसर्मपण गरेर प्रतिक्रियावादीको कित्तामा गएर अफिमको नसामा आफ्नो होस हवास नै गुमाए जसरी आदरणीय जनताको नेता माइला लामा तपाइकै हातबाट पक्राउ पर्नु भनेको इतिहासको मजाक नै हो । त्यो मजाक तपाईको विवेकहीन नाटक र प्रतिक्रियावादीको वर्ग स्वार्थबाट प्रेरित छ भन्ने नेपाली जनताले देखिसकेका छन् ।

हिजो माईला लामा जस्ता हजारौँ नेपाली जनताका छोरा छोरी जटिल परिस्थितिमा लडाइँ लड्दा आज यो देशमा तपाईजस्ता आत्मसर्मपणवादी र प्रतिक्रियावादीका रक्षाकवच बन्दा रमाउने कायरहरुले हालीमुहाली गर्न पाईरहेका छन् । हिजो जसले सच्चा देशका लागि लडे, तिनै कार्यकर्तालाई तपाईहरmले धोका दिनुभयो । तपाईहरुको धोका तथा गद्दारीको हिसाब किताब नेपाली जनताले एक दिन तपाईलाई जनताको अदालतमा हाजिर गराइ चुक्ता गर्ने नै छन् । हिजो मुक्तिको खातिर, देश परिवर्तनको खातीर उनै युद्धकालीन समयका माइला लामा जस्ताले नलडिदिएको भए आज तपाईं गृहमन्त्रीको भूमिकामा हुनुहुन्नथ्यो होला सायद । तर जनताका आवाज उठाउँदा तपाई उनै क्रान्तिकारी नेता लामालाई दण्डित गर्दै हुनुहुन्छ ।

सर्वहारा वर्गकालागि लडेकै कारण माइला लामा जस्ता योद्धाहरुले दण्डित हुनुपर्ने त्यो पनि हिजोका जनयुद्धका आफ्नै कमाण्डरका हातबाट । जसले कालोबजारी भ्रष्टाचारको बिरुद्धमा बोल्छ । बलात्कारको बिरुद्धमा आवाज निकाल्छ । एनसेलजस्ता लुटेरा बहुराष्ट्रिय निगमको बदमासीका बिषयमा आवाज उजागर गर्छ । अरबौँ पैसा तिर्न दबाब दिन्छ । बेचिएका नदीनाला होस या राष्ट्रियताका सवालमा एकजुट भएर लाग्नुपर्छ भनी आह््वान गर्ने नेता माइला लामा लगायत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अपराध हो गृहमन्त्री बादल ज्यु ?

यदि सक्नुहुन्छ भने, सीमानामा गएर आफ्नो झन्डा गाड्न पठाउनु होस् तपाईका प्रहरीहरुलाई जनताका नेतालाई अपहरण गर्न होईन । रातारात सारिएका जङ्गे पिलर फिर्ता ल्याउनुहोस् । कालाबजारी गर्ने र अरबौ वाइडबडीमा भ्रष्टाचार गर्ने देशद्रोहीहरुलाई, निर्मला बलात्कार गरी हत्या गर्ने अपराधिलाई पक्राउ गरेर देखाउनु होस् गृहम्न्त्री ज्यु । जनतालाई शान्तिको प्रत्यभुती दिलाउन नसक्ने अनि जनताका आवाज उठाउने, माइला लामाहरुलाई गिरफ्तार गरेर के गर्न खोज्नु भएको ? जनयुद्धको जिउँदो सहिद माइला लामा लगायत सम्पूर्ण राजबन्दीहरुलाहरुलाई ससम्मान रिहाइ गरी वार्ताको ठोस पहल गरियोस् । अन्यथा तपाईजस्ता शासकहरुलाई नेपाली जनताले चाउचेस्कु नबनाउलान् भन्न सकिन्न । नकुल चौलागाँई, काठमाडौं ।