हंस बहुउद्देश्यीय सहकारीद्धारा बेबारिसे व्यवस्थापन केन्द्रलाई खाद्यान्न सहयोग

चितवन/भरतपुर महानगर पालिका वडा नं १ नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउदेश्यीय सहकारी संस्था लि।ले आज शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरेको छ । संस्थाले कोभिड १९ द्वारा सिर्जित लक डाउनको कारण नारायणगढ तथा आसपासका क्षेत्रमा दैनिक खाना खान नपाएका भोका व्यक्तिहरुलाई नारायणी नदी किनारमा खाना खुवाउदै आएको संस्था वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो ।
सडकका बेबारिसे, काम नपाएर खानेकुराको प्रबन्ध गर्न नसक्ने अवस्थाका श्रमिक तथा भोकाएका हरूको भोक मेटाउदै आएको बेबारिसे व्यवस्थापन केन्द्रको सामाजिक कार्यलाई सहयोग पु¥याउने उदेश्यले हंस बहुउदेश्यीय सहकारी संस्था लि। को तर्फबाट ५ बोरा चामल र २१ पोका नुन वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्र, चितवनकी संयोजक सिता कुँवरलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हंस बहुउदेश्यीय सहकारी संस्था लि।का लेखा समिति सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल, सहकारीका व्यवस्थापक श्यामबन्धु पोखरेल तथा सहकारीका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।