कर्णाली आफैँभित्र भरिएको समृद्धिको एउटा ‘भकारी’ हो।

📝शुक्रराज आचार्य

कर्णाली प्रदेश भाौगोलिक रुपमा जति विकट छ प्राकृतिक सौर्न्दर्यका हिसाबले त्यति नै धनी छ । भौगोलिक विकटता र मानव विकास सुचाङ्कमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौर्न्दर्यले भरिएको छ । स्वर्गको एक टुक्राको रुपमा चिनिने रारा वास्तवमा अति सुन्दर एवम् रमणीय छ । स्वर्गकी अपसरा उपनामले समेत चिनिने रारा ताल पछिल्लो समय पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । धार्मिक, एतिहासिक,सास्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले पनि विशिष्ट छ कर्णाली ।

कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुल्ला सङ्ग्रहालय हो । सरकारले सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय क्षेत्र मध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य हो । रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो । रारा ताल समुदिसतह देखि दुई हजार नौ सय नब्बे (२,९९०) मिटरको उचाइमा पर्दछ। गहिराइ एक सय सत्सट्ठी (१६७) वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

कर्णालीमा रारा ताल मात्र नभएर रारासँग देशकै कान्छो राष्ट्रिय निकुञ्ज पनि छ । वि.स. २०३२ सालमा स्थापना भएको देशकै कान्छो रारा राष्ट्रिय निकुञ्ज भित्र रहेको यश तालमा तीन प्रकारका असला माछा, दुई सय चौबीस किसिमका वनस्पति, दुई सय बहत्तर प्रजातिका चरा पाईन्छ । त्यस्तै एकाउन्न प्रजातिका स्तनधारी तथा गुच्ची च्याउ, पाँचअौले,सतुवा,तितो, यार्चागुम्बु, हिङ्गसि लाजित, काङ्गसिलो र कटुकी जडिबुटीले मात्र नभई नेपालमै लोप हुन थालेको रेडपाण्डा पनि पाईने रारामा काडे भ्याकुर,हिमालि कालो भालु, कालिज,घोरल,मृग, कस्तुरी, रतुवा, हिम चितुवा र नेपालको राष्ट्रिय पंक्षि डाँफेले यश क्षेत्रको महत्त्वलाई झन बढाएको छ ।

स्थानीय रुपमा उत्पादन हुने रातो मार्सि धानको भात,मास र सिमिको दाल, आलुको तरकारी, मह,गँहुको रोटी कोदो र सिस्नोको तरकारी, लोकल कुखुरा, कर्णालीको ताजा माछा स्याउको रक्सिका परिकारले रारामा अ।उने पर्यटकलाई मुगुको स्वाद दिन्छ । अतस् मुगु घुम्न आउने जोकोहिलाई कोदो र फापरको रोटीमा महको अचारले जिब्रो नै रसिलो बनाउँछ । रारा आउने पर्यटकलाई सिमि,स्याउ,मह र चियामा हाल्ने यहाँको जडिबुटी कोशेली सो रुप उपहार दिने गरिन्छ ।

रारातालको स्वच्छ पानीमा आकाशको छायाको कारण तालको पानी गाढा निलो देखिन्छ । सफा पानीमा माछा, हाँस र जलेवा जस्ता चरा डुबुल्की मारेको दृश्यले झनै राराको बाताबरण अनुपम छ । ताल वरिपरिका विभिन्न फुलहरुको मगमग वासना, स्याउको बगैंचाहरुले जो सुकैलाई पनि मोहित तुल्याउनेछ । मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू छन ।  तर, बिडम्वना समृद्धि सपनाको यो भकारीलाई न राज्यले अहिलेसम्म खोल्ने प्रयास ग¥यो न, कर्णालीवासीले आफ्नै आँगनको त्यो भकारी चिन्न सके। यी ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुमा पर्यटकले सहज र सरल तरीकाले पुग्नसक्ने अवस्था न्युन छ ।

भएका पर्यटकीय क्षेत्रमामा पुग्न पर्यटकले जोखिम मोलेर जानुपर्ने बाध्यात्मक अवस्था छ । मुगुको विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सडक, स्तरीय होटल, विद्युत, सञ्चार लगाएतको पूर्वाधार भने अभावमै गुज्रिएका छन् । यता, प्रदेश सरकारले ‘पर्यटन वर्ष २०७६’ मनाउने जोडतोडका साथ सुरु गरे पनि कर्णालीका अधिकांश जिल्लाहरुमा पर्याप्त पूर्वाधार भने बनाई सकेको छैन् । यश तर्फ प्रदेश सरकारले बेलैमा ध्यान दिने हो भने पक्कै पनि हाम्रो रारा राम्रो रारा देशको मात्रै नभई एसियामै स्वर्गकी अपसरा उपनामले चिनिने छ । अस्तु ।

                                                                        (लेखक कर्णाली प्रदेश अन्र्तगतको मुगु जिल्लाका स्थायी बासिन्दा साथै यसं भण्डाफोर अभियानका मुख्य संवाददाता हुन् । सं.)