श्रमिकबाट मोटो रकम असुल्ने डा. पाठकलाई कारबाही गर्ने चेतावनी

काठमाडौं/ भदौ १३ /कोराना कहरको फाईदा उठाउदै श्रमिकबाट मोटो रकम असुल्ने डाक्टर अनिरुद्र पाठकलाई नेत्र बिक्रम चन्द बिप्लब निकट मोर्चाले कार्बाही गर्ने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनप्रगतिशील मोर्चा साउदी अरबले साउदीमा कोरोना भाईरसका कारण समस्यामा परेका श्रमजीवीहरुलाई उद्धार गर्ने नाममा चर्को दलालीकरण गर्ने डा पाठक लगाएतका दलालहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

जनप्रगतिशील मोर्चा साउदी अरबका अध्यक्ष कसम मगर र महासचिव टिकाराम ओलीले विज्ञप्ति जारी गर्दै साउदी अरबमा नेपाली श्रमिकहरुको अवस्था निक्कै नाजुक रहदा श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौ प्रलोभन,समस्या देखाइ पीडितहरु मार्फत मोटो रकम असुली गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । त्यस्तै, एक जना पीडितबाट टिकट, होटेल क्वारेन्टाइन गरि झन्डै नेपाली रुपैँया दुइलाख खर्च गरेपछि मात्रै आफ्नो देश आउन सक्ने वातावरणलाई फेरबदल गरी पीडितहरुलाई सरकारी खर्चमा उद्धार गर्नको निम्ति जोडदार माग गरेको छ ।

त्यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, दूतावासले स्वीकृति दिएको साउदी अरबको राजधानी रियादको बथामा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा कोरोना जाँच गर्ने बहानामा मोटो रकम (प्रतिव्यक्ति ४८०० देखि ६४०० सम्म) रकम असुली बिना चेकजाँच पीडितहरुलाई कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ देखाउने गरेकाले यो बिषयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर नभएको र यदि यो विषयलाई दूतावासले कारबाही नगरे नेपाली डा. पाठकलाई भौतिक कारबाही गरिने चेतावनी दिईएको छ ।