आजका दिनमा चितवनले चाल्नु पर्ने अत्यावश्यक कदम : मेरो सुझाव मेरै शब्दमा

अटोम्याटिक पिसिआर मेशिन नै आजको आवश्यकता हो भने ७ वटा पालिकाहरु, उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, लायन्स, लियो, रोटरी, युथ क्लब, दियालो क्लब, तरुण दल, युथ फोर्स र वाइसियल आदी इत्यादी सबैले एक एक वटा अटोम्याटिक पिसिआर मेशिन किनिदिएर रियजेन्टको जिम्मा लिइ दिएर सबै चितवन बासिको पिसिआर चेक गरेर ढुक्क भएर बसौं । कि कुनै संस्थाले चन्दा उठाउन सुरु गरे पनि हुन्छ । ५ हजार मेरो तर्फबाट दिन्छु भनेको छुँ । आवश्यक परे थप खोजेरै पनि दिन्छु ।
कोरोनाको विरुद्ध लडाइ सुझ बुझका साथ लडौं । काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाइ हौंसला दिन कम नगरौं । साथै सुरक्षाकर्मी र पत्रकार साथै अन्य अत्यावश्यक काम गरिरहेकाहरुलाइ पनि हौंसला दिन पछि नपरौं ।
नत्र चितवनले हिजो पनि हजारौं जनता सडकमा उतार्न सफल भएको थियो । जुलुस निकालौं । कोरोना विरुद्ध नारा जुलुस गरौं । जति बाचिन्छ त्यतिलाइ जनसंख्यामा प्रतिराेध क्षमता प्राप्त भइहाल्छ । अनि हाइसन्चो । मरेका आफन्तहरुको क्रियाकर्म त्यस पछि गरौंला । बढीमा ४।५ प्रतिशत मर्ने हुन् भन्ने तथ्यांक त छ ।
हैन भने अटोम्याटिक पिसिआर मेशिन पछि अन्य आवश्यकता के के हुन सक्छन् एक, दुइ , तिन गरेर लिपिवद्ध गरौं र त्यसको तयारीलाइ जुटौं । एक आपसलाइ आरोप प्रत्यारोप गरेर डरै डरमा बाच्ने काम नगरौं ।
जिम्मा लिएर पदमा बसिरहनुभएका, ठुला ठुला क्लब र संगठन चलाइ रहनुभएका हरु दुला भित्र नबसिदिनुहोला । धर्म कर्म गर्ने र दान दिने बेला यहीँ हो । चितवनलाइ सुरक्षित राखौं र त्यस पश्चात देशलाइ सुरक्षित राख्न चितवनले आवश्यक योगदान दिनुपर्छ ।