विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जना रंगे हात पक्राऊ।

चितवन/भदौं१२/चितवन प्रहरीले विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जनालाई रंगे हात पक्राऊ
गरेको छ ।
पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका सोही विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुलाई हिजो बिहीबार दिउँसो १ बजे पक्राउ गरेको प्रहरीले घटना विवरण आज मात्र सार्वजनिक गरेको हो ।
चितवनमा अहिले २/३ वटा सट्टेबाजी बुग्गि खेल सहित दर्जनौ जुवाखाल सञ्चालन भइरहेको आम गुनासो छ। केही दिन अघि मात्र प्रहरीले भरतपूर महानगरपालिका ११ मा पनि जुवाडे हरुलाई रङ्गेहाहात पक्राऊ गरेको थियो।