जोखिममा महानगरका सरसफाइ कर्मचारी

काठमाडौँ/सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् ।
फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरहनुभएकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस क्षेत्रमा काम गर्ने सम्भव भए सम्मका सावधानी अपनाएर काममा खटिरहेको बताए ।
काठमाडौँ महानगरपालिका–१२ अन्तर्गत टेकुमा सञ्चालित कवाड सङ्कलन केन्द्रमा काम गर्ने आधाजसो कामदार उपत्यकामा कोरोना सङ्क्रमण बढेपछि बेरोजगार भएको उनले बताए ।
उपत्यकामा घररघरमा पुगेर फोहोर सङ्कलन गर्ने अनौपचारिक क्षेत्रमा दुई हजार तीन सय कर्मचारी रहेको विभिन्न संस्थाको तथ्याङ्क छ । लुमन्ती संस्थाले यस्ता कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सेनिटाइजर लगाउने र हात धुने लगायतका सावधानी अपनाउने ठाउँ बनाइदिएकोे, ४५ वटा पीपीए उपलब्ध गराएको छ, त्यो पर्याप्त छैन, सबैलाई पुग्दैन उनले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।