जुन जिईदै छ, त्यो जीवन नै हैन ।
(यहि सोचका दरिद्धतामा अडिएको जीवन जव उत्तराद्र्धमा पुग्दछ, तव उसलाई लाग्ला कि नलाग्ला ?
जीवन जुन व्यतित गरियो, त्यो मात्र जीवन होइन रहेछ । जीवनका दायरा धेरै फराकिलो रहेछ, जुन दायरामा हामी प्रवेश नै गरिएन । जीवनको विविधता भित्र पारिवारिक दायित्व त केवल एउटा अंश
मात्र हो, जुन आम व्यक्तिले वुझन सक्दैन ।
जीवनका उत्तरार्धमा सोच्ने प्रश्नहरु गला विस्तारै चाउरिदै गर्दा र कपालले रंग फेर्ने खोज्ने समयमा अत्याधिक विकसित वनिदियो । यहि विकसित सोचलाई व्यवस्थापन गर्ने अभिलाषा सहज छैन, फरक गर्ने हिम्मत र साहस छैन, यहि दुविधामा जीवन फेरि त्यहि जंन्जालमा रुमल्लिने त हैन ?
प्रश्नहरु अनुत्तरित वनिरहेका छन् । निरन्तरता भन्दा पृथक सोच्ने सोचले सजिलै आत्मिक सन्तुष्ठि प्राप्त गर्न कदापी सक्दैन । तर सोचको विविधतालाईएकाग्रतामा वदल्न नसक्दा त्यसले पार्ने प्रभावले सिंङ्गो समाजलाई चाहि कस्तो असर गर्ला ?)
सोच र व्यवहारिक कार्यन्वयनको तादात्मयताको मिश्रण नहुदाँ जीवन धर्मराउने रहेछ । एकाग्रताको संयमतामा एकरुपता नआउनुमा धर्मराउनुको कारण वन्ने रहेछ । यहि वीचमा
अल्झेको जीवनमा सरस हैन, नैराश्यताले मानसपटलमा डेरा जमाउने गर्दछ । यसैको परिणाम
सोचको परिणाममा विर्को लाग्ने रहेछ । अक्सर आम व्यक्तिको जीवन यहि पेरिफेरिमा गुज्रिएको
हुदाँे रहेछ । जीवन आफैमा सृष्टिको निरन्तरता रहेछ, तर यहि निरन्तरता भित्रको वहुआयमिक पक्ष
भित्र जीवनको महत्वपुर्ण जव घुल्दछ, अनि त्यहि रस्वादानमा रम्ने, चुम्दै र हेलिदै अनुकुलताको
प्रयासमा आम जीवन घुमिरहेको छ । लाग्दछ, यहि नै जीवन हो ।
उमेरको विभिन्न कालखण्डमा संचारित हुने सोचहरु अक्सर व्यक्तिगत स्वार्थले प्रेरित रहेको पाईन्छ । आम मानवीय प्रवृत्ति यहि हो । यहि प्रवृत्तिलाई अंगिकार गर्नेहरुले जीवन केवल सृष्टिको निरन्तरता
मात्र वुझदछ, यो भन्दा फरक सोचको कल्पना गर्नु भनेको समाज वाट तिरस्कृत हुनु हो । जो
तिरस्कृत र अपहेलितका वावजुद पनि गन्तव्य सम्म पुग्ने हिम्मत राख्दछ, कालान्तरमा उसको पहिचान
अलग हुन्छ । उमेर अनुसार सोचको विविधता स्वभाविक भएता पनि कालान्तरमा चेतनाको विर्को भने डुव्न
लागेको घाम झै हुने गर्दछ । सोचको पनि विविधता रहेको हुन्छ, समान सोचले नविनता हासिल गर्न
सक्दैन भने फरक सोच गन्तव्यमा पुग्न सक्दैन र गन्तव्यविहिन यात्रु वनेर हराउछ । यहि
पृष्ठभुमिमा अगाडी वढेको सोच विस्तारै कमजोर, अशक्त र व्यक्तिकेन्द्रित वन्न पुगेको छ । यहि
नै जीवन रहेछ भन्ने परिभाषाको विकास भएको छ ।
जीवनको सवैभन्दा खराव तत्व के हो भनेर घोत्लिने हो भने महत्वकांक्षा नै प्राथमिकतामा
पर्न सक्दछ । यहि चरम महत्वकांक्षा वोकेको सोच जव शरिरको नशा नशामा भिज्न थाल्दछ, तव उ स्वार्थ
प्रेरित वन्न पुग्दछ । आवश्यकताको चरमविन्दुमा पुगेपछि जीवनको परिभाषा वदलिन थाल्दछ । मानव
हुनुको औचित्वता खोज्ने हैन, भौतिकवादलाई प्रधान दिने सोचले जरा गाडेको हुन्छ । सवै कुरा
प्राप्त गर्न सक्ने अभिलाषा खोज्ने सोचहरु कदापी जीवनको महत्व वुझने हिम्मत राख्दैन । युवाअवस्थामा आएको त्यो सोच, महत्वकांक्षा सधै अजम्वरी र अपरिवर्तनकारी हुने सोचमा हुर्किएको
त्यो मानसिकतामा तव पुर्णविराम लाग्दछ, जव जुगाँको रेखीहरु फुल्न थाल्दछ, गलामा विस्तारै
मुजा पर्न थाल्दछ ।
अहंमता र घमण्ड सधै एकैनाश सदावहार वन्न सक्दैन । यहि एकमात्र सत्य वुझन नसक्नेका
भीडहरुमा सधै आफनो अस्तित्व खोज्न प्रयत्न गर्नेहरुले समाज वन्धक वनाईरहेका हुन्छन् । जुन पौराणिक कालदेखि चलिरहेको छ र भविश्य सम्म पनि यसले निरन्तरता पाईरहनेछ । जविनको
शाव्दिकता खोज्ने प्रयास जव कमजोर हुन्छ, त्यसपछि भाग्य र कर्मलाई दोष दिईन्छ । यहि नै
एकमात्र मुल मन्त्र वनेको छ जीवनको । ईच्छा, आकांक्षा र महत्कांक्षामा जव कन्टोल गर्न सकिदैन, त्यसको परिणाम भनेको निरन्तरतामा भर पर्नु मात्र हो । रोकेर रोक्न नसक्ने समयको
गतिलाई चिन्न नसक्नु नै जीवनको सवैभन्दा ठुलो भुल रहेछ । जीवनको उर्वरउमेर पार गरेर
उत्तरार्दमा पुगेका अग्रजहरु सोच्दा हुन् मैले जीवनमा कहाँ भुल गरे ? जीवनका उत्तरार्दमा
आफन्त वाट पाएको तिरस्कार, केहि चलमलाउन नसक्ने हातखुट्टा र नजिकका पनि ठम्याउन नसक्ने
नयनहरु, सुन्न नसक्ने कानहरुमा ठोकिएको त्यो वर्वर निर्मम आफन्तका स्वरहरु त्यो
श्रवणमाध्याममा गुन्जदाँ साँच्चै लाग्ला कि नलाग्ला, मैले जीवनमा कहाँ भुल गरे ? त्यहि
गल्तिका पहाडवाट आफन्तलाई दिएको सल्लाह कति सार्थक वन्ला ? जीवन सहज छैन, सहज
वनाउनुपर्दछ । यहि मात्र सोच हामीहरुको मार्गदर्शन सिद्धान्त वनेको छ । लाग्दछ, जीवन सहज
वनाउनु नै सार्थक जीवन हो, यसका लागी गरिने कर्म नै एकमात्र सत्य हो । यहि सोचका दरिद्धतामा
अडिएको जीवन जव उत्तराद्र्धमा पुग्दछ, तव उसलाई लाग्ला कि नलाग्ला, जीवन जुन व्यतित गरियो,
त्यो हैन रहेछ । जीवनका दायरा धेरै फराकिलो रहेछ, जुन दायरामा हामी प्रवेश नै गरिएन । जीवनको विविधता भित्र पारिवारिक दायित्व त केवल एउटा अंश मात्र हो, जुन आम व्यक्तिले वुझन
सक्दैन । यहि जीवनको विविधता जीवनको अन्तिम पलहरुमा सोचको विकास हुन्छ, त्यहि सोच मानव
जातिको जीवनको उर्वर उमेरमा सोच्ने साहस हुन्छ कि हुदैन होला ? सोच्ने साहस भएता पनि त्यसले
कार्यन्यन गर्न सक्ला कि नसक्ला ? जीवनको परिभाषा जव परिवार र भौतिक वस्तुमा गएर जोडिन्छ, यसले
दिने परिणाम भनेको अन्तत नैराश्यता र गल्तीको आभास नै हो । यो भन्दा वाहिर गएर जीवनको
दायरालाई वुझने हरुको जीवन सरल वनेन, तर अमर वन्यो, त्यहि अमरहरुको विचार र सिद्धान्तले नै
विश्व समुदाय मानव जातिलाई सरल जीवन व्यतित गर्ने माध्याम वनिदियो ।
जीवनका उत्तरार्धमा सोच्ने प्रश्नहरु गला विस्तारै चाउरिदै गर्दा र कपालले रंग फेर्ने
खोज्ने समयमा अत्याधिक विकसित वनिदियो । यहि विकसित सोचलाई व्यवस्थापन गर्ने अभिलाषा सहज
छैन, फरक गर्ने हिम्मत र साहस छैन, यहि दुविधामा जीवन फेरि त्यहि जंन्जालमा रुमल्लिने त
हैन ? प्रश्नहरु अनुत्तरित वनिरहेका छन् । जीवन आफनो हो कि हैन, जीवन कसका लागी ?
प्रश्नका भीडमा आफनै लागी हुन नसकेको जीवन अरुका लागी कसरी हुन सक्दछ ? त्यसो भए यति
धेरै अनुत्तरित प्रश्नले किन आत्मामा सधै हलचल मच्चाईरहेका होलान् ?
निरन्तरता भन्दा पृथक सोच्ने सोचले सजिलै आत्मिक सन्तुष्ठि प्राप्त गर्न कदापी सक्दैन । तर
सोचको विविधतालाई एकाग्रतामा वदल्न नसक्दा त्यसले पार्ने प्रभावले सिंङ्गो समाजलाई कस्तो असर
गर्ला ? जीवनलाई निरन्तरताको हिस्सा वनाउने कि पृथक, यहि सोचले फुलेको कपाल र चाउरिएको
गलाले सोधिरहेको छ के यहि गतिविधिले जीवन पृथक वन्ला र ?